२०८२ असार २३ सोमबार
Jhapa Today
Adv top

गौरादहका दाहालको खेतमा डुबेर मृत्यु


बिर्तामोड, चैत १४ । झापाको गौरादहमा धान खेतको पानीमा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

हिजो दिउँसो घरनजिकैको आलीबाट लडेका गौरादह-१ बस्ने ६२ वर्षीय मेघराज दाहालको धान खेतको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बिहान अन्दाजी १० बजे घरमा कसैलाई नसोधी हिँडेकोमा धेरै समय घर फर्की नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा दिउँसो २ः३० बजे धान खेतमा घोप्टो परी उनी मृत अवस्थामा फेला परेका थिए ।

उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको छ । सम्पूर्ण कानुनी प्रक्रियापश्चात् शव पोस्टमार्टनका लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

Adv footer