२०८१ चैत्र २५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सुन्दर निचाझोडा वनमा निर्वाचनः कृष्ण लिम्बूको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी


बिर्तामोड, चैत २५ । झापाको बिर्तामोड-७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा कृष्णप्रसाद लिम्बूको नेतृत्वमा स्वतन्त्र गठबन्धन बनेको छ ।

स्थानीय सामाजिक तथा खेलकुद अगुवा लिम्बूले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै, सो गठबन्धनका तर्फबाट उपाध्यक्षमा मंगलसिंह साँवा, सचिवमा इन्दिरा अधिकारी बाँसकोटा, सहसचिव जीवन कार्की र कोषाध्यक्षमा ईश्वरादेवी भट्टराईले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, आरक्षित पाँच सदस्यमध्ये महिला सदस्यमा शान्ता उप्रेती, मञ्जु कट्टेल उप्रेती, जनजातितर्फ बुद्धराज लिम्बू, दलिततर्फ सावित्रा कार्की र आदिवासीतर्फ मनमाया हस्दाले उम्मेदवाारी दिएका छन् ।

त्यस्तै, पाँचवटा टोलतर्फ १ नम्बर टोलमा वीरबहादुर श्रेष्ठ, धनमाया फुयल, २ नम्बर टोलमा मेघराज पौडेल, लीलादेवी उप्रेती, ३ नम्बर टोलमा डिल्लीराम प्रसाईं, भीमा श्रेष्ठ, ४ नम्बर टोलमा राजकुमार लावती, सुनिताकुमारी राजवंशी तथा ५ नम्बर टोलमा खगेन्द्र कटवाल र बन्दना लिम्बू उम्मेदवार बनेका छन् ।

गठबन्धनले समृद्ध वन स्वतन्त्र प्यानल भनेर नामकरण गरेका छन् । गठबन्धनलाई जिताउन नवीन भट्टराईको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाइएको छ ।

निचाझोडा वनमा ८३१ घरधुरी सदस्य रहेका छन् । वन समूहको निर्वाचन बैशाख ४ गते जनता आधारभूत विद्यालयमा हुनेछ ।

Adv footer