
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका–४ केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा चोरी भएको छ ।
पण्डित प्रदिप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार, टंक खनालको घरबाट सुनको सिक्री र नगद २० हजार रुपैयाँ र लक्ष्मी चौहानको घरमा रहेका सामान छरपस्ट पारेर चोर फरार भएको स्थानीयले जनाएका छन् ।
आइतबार राति करिब ९ बजेको समयमा सुनसानको फाइदा उठाउँदै चोरहरूले घरमा पसेर लाखौँको धनमाल चोरेका हुन् ।
घटनाको समयमा गाउँमा अष्टजाम संकीर्तनको भीडभाड रहेको र घरहरू सुनसान भएको कारण चोरले मौकाको फाइदा उठाएको प्रहरीले जनाएको छ ।