२०८२ बैशाख १३ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारामा मोटरसाइकल ठक्करबाट २ वर्षीय बालकको मत्यु


May be an image of 4 people and text that says 'พรรบชชม NIDI SECONDARY SCHOOL Birtamode 2, Ram Chowk School Visit open for 2082 HURRY UP Contact Contactwithus with us 023 536044 9841574872 9852673088 神 Visitus us Visit Info@nidi.edu.np'

बिर्तामोड, बैशाख १ । झापा अर्जुनधाराका एकजना नाबालकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । ठक्करबाट घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।

नयाँ वर्षमा इलाम घुम्न भएका बिर्तामोड–४ बस्ने ३३ वर्षीय नकुल राजवंशीको मोटरसाइकलको ठक्करबाट अर्जुनधारा–२ बस्ने रोम पाठकका २ वर्षीय छोरा ओस्कर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो ४ः१० बजे इलाम माई नगरपालिका–४ सुखानीस्थित बिर्तामोड–दानाबारी भित्री सडकखण्डमा बिर्तामोडतर्फ आउँदै गरेको मे. ९ प ४५९६ नम्बरको मोटरसाइकलले पाठकलाई ठक्कर दिएको थियो ।

उनलाई बिएन्डसी अस्पताल बिर्तामोड ल्याई उपचारको गराइरहेकोमा आज दिउँसो ४ः४५ बजे उपचारका क्रममा मृत्य भएको हो ।

Adv footer