२०८२ बैशाख ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा हात्ती खेदाउँदा लिम्बू घाइते


बिर्तामोड, बैशाख २ । झापाको मेचीनगरमा एक वनमा दाउरा खोज्न गएका युवालाई हात्तीले लखेट्दा भाग्ने क्रममा घाइते भएका छन् ।

घाइते हुनेमा मेचीनगर-१२ कालिकाका ३२ वर्षीय सन्तोष लिम्बू रहेका छन् । उनी आज बिहान १० बजे कालिझोडा सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा जंगली हात्तीको आक्रमणबाट जोगिन खोज्दा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीले खेदाउँदा भाग्ने क्रममा लडेर घाइते भएका लिम्बूलाई उनका भाइ सुजनले देखेका थिए । उनलाई उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।

लिम्बूको बायाँ खुट्टा भाच्चिएको प्रहरीले जनाएको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer