२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

हेप्पील्याण्डमा करेन्ट लागेर एकको मृत्यु


बिर्तामोड, बैशाख ४ । झापाको कनकाई नगरपालिका वडा नम्बर –२ मा रहेको हेप्पील्याण्ड फनपार्कमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर -९ का ४५ वर्षीय सन्तोष नेम्बाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज दिउँसो अन्दाजी ४ः३० बजे हेप्पील्याण्ड फनपार्कभित्र बिजुली मर्मत गर्ने क्रममा नेम्बाङलाई अचानक करेन्ट लागेको थियो । उनलाई उपचारका लागि कनकाई नगर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Adv footer