बिर्तामोड, बैशाख ६ । झापा भद्रपुरका एकजना युवालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भद्रपुर ४ आँपगाछीका २० वर्षीय लखिराम सोरेन रहेको प्रहरीले जनाएको छ । हिजो बिहान दिउँसो ४ बजे झिलमिले खोलाको डिलमा रहेको बाँसघारीमा उनले १७ वर्षीया बालिकालाई जबरजस्ती करणी बताइएको छ ।


उनले फागुन १० गतेदेखि पटकपटक त्यस्तो व्यवहार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । लिखित जाहेरीपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले सोरेनलाई पक्राउ अनुसन्धान सुरु गरेको छ ।

