
बिर्तामोड, बैशाख ६ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा रहेको दोमुखा चिल्ड्रेन पार्कमा एकजना पुरुषको बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो १२ः३० बजेतिर नाम, थर र वतन नखुलेको अन्दाजी ५५ वर्षका पुरुषको शव भसिएको हो । केही दिनदेखि ती व्यक्ति त्यहीँ मागी हिँड्ने गरेका थिए ।
मृतकको हुलिया सार्वजनिक गरिएको र शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।