
बिर्तामोड, बैशाख —८ । झापा कारागारमा इलाम माङ्सेबुङ गाउँपालिका–४ का ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ ।
ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई घाँटीको क्यान्सरको लक्षण देखिएको थियो।
आज (सोमबार) अपराह्न उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको कारागारले जनाएको छ ।