२०८२ साउन १ बिहीबार
Jhapa Today
Adv top

मेचीनगरमा महिलालाई सिक्कल हान्ने राजवंशी पक्राउ


बिर्तामोड, बैशाख १२ । झापाको मेचीनगरकी एकजना महिलामाथि स्थानीय पुरुषले धारिलो हतियार सिक्कलले हानेर गम्भीर घाइते बनाएका छन् ।

मेचीनगर-१५ बस्ने अन्दाजी ५० वर्षीय लालबहादुर राजवंशीले वडा नम्बर १४ धाइजन बस्ने ३१ वर्षीया पूजा खरेलमाथि हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् ।

मदिरा सेवन गरेर मातेका राजवंशीले खरेलमाथि बुधबार साँझ ७ बजेतिर बिनाकारण एक्कासि सिक्कल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेलाई चारआलीमा सामान्य उपचारपछि थप उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । हतियार प्रहार गर्ने राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।

Adv footer