२०८२ बैशाख १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको जंगलमा स्थानीय महिलाको शव !


बिर्तामोड, बैशाख १२ । झापाको बिर्तामोडमा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड-७ खालबाडीकी पुष्पा चाम्लागाईं सापकोटाको शव भेटिएको हो ।

स्थानीय छिमेकी तथा आफन्त दिपक चम्लागाईंका अनुसार ५५ वर्षीया पुष्पा हिजो बिहान ११ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् । उनका शव आज बिहान भेटिएको हो ।

घरकै पूर्वपट्टि सुन्दर निचाझोडा जंगलछेउको खोलाको डिलमा पुष्पाको शव आज बिहान स्थानीयबासीले भेट्टाएका थिए । उनको मृत्युको कारण भने स्पष्ट भइसकेको छैन ।

पारिवारिक सम्बन्ध राम्रै रहेकी उनले विष, मदिरा र कीटनाशक औषधि सेवन गरेको आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गर्ने जनाइएको छ ।

Adv footer