२०८२ बैशाख १५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपरमा होटलको स्विमिङ पुलमा डुबेर बालकको मृत्यु


भद्रपुर, बैशाख १५ । झापाको भद्रपुरमा रहेको होटल उडल्यान्ड रिट्रिटको स्विमिङ पुलमा डुबेर एकजना भारतीय बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारत किसनगञ्जको झरमगञ्ज टोल बस्ने सचिन गोस्वामीका ८ वर्षीय छोरा बिरु गोस्पामी रहेका छन् ।

सचिनका छोरा बिरु गोस्वामी स्विमिङ पुलमा पौडी खेल्ने क्रममा हिजो साँझ ६ः३० बजे डुबेका थिए । बालकलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा लगिएकोमा साँझ ६ः५३ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भद्रपुर-८ एयरपोर्टनजिक रहेको होटल उडल्यान्डको स्विमिङ पुलमा गोस्वामी परिवार घुम्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

Adv footer