
बिर्तामोड, बैशाख १५ । बिर्तामोड उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले व्यावसायिक सदस्य राहत कोषका लागि ५१ हजार १५१ रुपैयाँ प्रदान गरेका छन् ।
नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्षसमेत रहेका खड्काले आफ्नो जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको कोषका लागि रकम प्रदान गरेका हुन् ।
आपत विपतमा परेका व्यवसायीलाई सहयोग पुर्याउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ बराबरको ‘व्यावसायिक सदस्य राहत कोष स्थापना गरेको छ ।
खड्काले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । श्रीमती अप्सरा बस्नेत खड्कासहित संघको कार्यालय आएका उनले कोषका लागि रकम प्रदान गर्दै कोष वृद्धिका लागि व्यवसायीको सहयोग रहेको धारणा राखे ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोष वृद्धिका लागि सहयोग पुर्याउने खड्कालाई कदरपत्रद्वारा सम्मान समेत गरिएको छ ।