२०८२ बैशाख १६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा दिउँसै २९ लाखको सुन चोरी


बिर्तामोड, बैशाख १६ । बिर्तामोड प्रहरीको गस्ती प्रभावकारी नहुँदा सहरमा दिनदहाडै घरको ढोका फोडेर २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

हिजो दिउँसो बिर्तामोड-४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मुल ढोकाको चाबी फुटाएर चोरी भएको हो ।

दराजमा रहेको नगद ७० हजार, सुनको ढिक अन्दाजी ५ तोला, सुनको हातमा लगाउने ब्रासलेट १ थान, सुनको सिक्री थान २ गरी जम्मा ५ तोला, औँठी थान २, चन्द्रमा ४ आनी, सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनी गरी अन्दाजी २९ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

सहरका धेरैजसो सिसी टिभी क्यामेरा पनि बिग्रिएको मौकामा दिउँसै चोरी बढिरहेको गुनासो बढिरहेको छ । यस विषयमा प्रहरीका साथै जनप्रतिनिधि पनि मौन बसेका छन् ।

Adv footer