२०८२ बैशाख १६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईमा दाजुभाउजूलाई बोत्तल हान्ने शर्मा पक्राउ


बिर्तामोड, बैशाख १६ । झापाको कनकाई नगरपालिकामा एकजना युवाले एकाघरका दाजु, भाउजू र भतिजलाई बियरको बोत्तलले हानेर घाइते बनाएका छन् ।

घरायसी विषयमा विवाद हुँदा कनकाई-३ सुरुङ्गाका ३० वर्षीय प्रवीण शर्माले मदिरा खाएर ३७ वर्षीय नविन शर्मालाई टाउकोमा बियरको बोतलले हानेका थिए ।

उनले फुटेको सोही बोतलले दाजुको पेटमा र बायाँ कुममा समेत प्रहार गरेका थिए । त्यस्तै, भाउजू ३२ वर्षीया ज्योति शर्मा र भतिज ११ वर्षीय आरएन शर्मामाथि पनि बोत्तल प्रहार गरेका थिए ।

प्रवीणले हिजो राति अन्दाजी १० बजे उनीहरुमाथि बोत्तल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तीनैजना घाइतेको कनकाई नगर अस्पताल सुरुंगामा उपचार भइरहेको छ । बोत्तत प्रहार गर्ने शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Adv footer