२०८२ बैशाख २१ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

पताल गंगा सहकारीको करोडौँ रकम हिनामिना गरेर फरार खनाल पक्राउ


बिर्तामोड, बैशाख २० । झापा बिर्तामोडमा रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना गरेर फरार संस्थाका पूर्व अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।

बचत कर्ताको करोडौँ रुपैँया रकम हिनामिना गरेर लामो समयदेखि फरार रहेका खनाललाई प्रहरीले धनगढीबाट पक्राउ गरेको हो ।

उनलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । खनालले दुई करोड ६ लाख रुपैंया भन्दा धेरै रकम अपचलन गरेको आरोप लागेको छ ।

खनाल विरुद्ध सञ्चालक समितिले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरेको थियो । सम्पर्कविहीन भएका खनाललाई प्रहरी खोजी गरेपनि लामो समयदेखि पक्राउ गर्न सकेको थिएन् ।

भद्रपुर –८ स्थायी घर भई बिर्तामोड बस्दै आएका खनाल सहकारीका रकम अपचलन गरेर सम्पर्कविहीन भएका थिए ।

Adv footer