२०८२ बैशाख २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेशका वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्याइने


बिर्तामोड, बैशाख २५ । कोशी प्रदेशमा रहेका सवारी साधन मर्मत गर्ने वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्यायने भएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्दै अनुमति लिएर मात्र सञ्चालन गर्न भनेको छ । अबदेखि प्रदेशभित्र सञ्चालन हुने सबै वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्याउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।

वर्कसपहरूले अब यातायात व्यवस्था कार्यालयबाट अनुमति अनिवार्य रूपमा लिनुपर्नेछ भने कारखानाहरूले सम्बन्धित मन्त्रालयबाट स्वीकृति प्राप्त गरेपछि मात्र सञ्चालन गर्न पाउने कानुनी प्रवाधान बनाइएको छ । यो निर्देशिका लागु भएसँगै प्रदेश सरकारले अनुगमन प्रक्रिया पनि तीव्र पार्ने जनाएको छ ।

Adv footer