२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

अर्जुनधाराबाट अवैध उत्खनन् गर्ने दुईवटा एक्जाभेटर नियन्त्रणमा


बिर्तामोड, बैशाख २६ । जिल्ला प्रशासन र जिल्ला प्रहरीको टोलीले मापदण्डविपरीत बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा दुईवटा एक्जाभेटर नियन्त्रणमा लिएको छ ।

संयुक्त अनुगमन टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ३ टाङटिङ खोलाबाट एक्जाभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज दिउँसो अन्दाजी ३ः३० बजे टाङटिङ खोलामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूको संयुक्त अनुगमन टोलीले बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा बा. २ क ४६४७ नम्बर र नम्बर नखुलेको अर्को एक्जाभेटर नियन्त्रणमा लिएको हो ।

अस्थाई प्रहरी चौकी खुदुनाबारीमार्फत एक्जाभेटरलाई खोलाबाट निकाली स्थानीयको गाईफर्म नजिक सुरक्षित राखिएको छ ।

ती एक्जाभेटर आवश्यक कारबाहीको लागि अर्जुनधारा नगरपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer