
बिर्तामोड, बैशाख २७ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमिति चयन भएको छ । आज साँझ सम्पन्न मतगणनाले नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचन समितिका सदस्य बिगम श्रेष्ठका अनुसार प्रथम उपाध्यक्षमा राजन सिलवाल विजयी भए । उनले शानदार ७७ मत प्राप्त गरे । सोही पदमा अजय देवले ८ र नारायण कोइरालाले २९ मत पाए ।
त्यस्तै, द्वितीय उपाध्यक्षमा प्रकाश राई ४७ मतका साथ विजयी भए । कर्णबहादुर पौडेल र अञ्जु लामिछाने समान १७/१७ मत पाए ।
सचिवमा निरकुमार खत्री ५६ मतका साथ विजयी भए । चन्द्रप्रसाद पाठकले २१ र गौराीमान राईले २५ मत पाए । कोषाध्यक्षमा शानदार ७४ मातका साथ कृष्ण खतिवडा विजयी भए । कुमार लिम्बूले ७ र विनोदकुमार राईले १९ मत पाए ।
सदस्यहरुमा पुष्पराज प्रसाईं ८२, टंक सिटौला ७६, ओमप्रकाश भट्टराई ७२, देवेन्द्रप्रसाद प्रसाईं ७१, राजेन्द्र पौडेल ६७, प्रेम निरौला ६३, कृष्णमाया तामाङ कुसुम ६१, लुमनकुमारी निरौला ५२ निर्वाचित भए । दुर्गादेवी सुब्बा लिम्बू र हितेश अग्रवालले बराबर ४६ मत पाए ।
नौजना सदस्यका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । आज सम्पन्न मतदानमा १०३ मत खसेको थियो । संघमा १०७ जना मतदाता रहेका थिए ।
प्रथम अधिवेशनबाट अध्यक्षमा हालका अध्यक्ष धनबहादुर पन्धाक र सहसचिवमा सरिता बराल निर्विरोध निर्वाचित भइसकेका छन् ।
समितिको कार्यकाल चार वर्षको हुनेछ । बराबर मत प्राप्त गरेका सदस्य लिम्बू र अग्रवालले २-२ वर्ष कार्यकाल रहने भएको छ ।