२०८२ बैशाख २७ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा राष्ट्रियस्तरको थ्रि एक्स थ्री बास्केटबल हुँदै


बिर्तामोड, बैशाख २७ । झापामा पहिलोपल्ट राष्ट्रियस्तरको दुई दिने झापा थ्रि एक्स थ्री बास्केटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिता बैशाख २८ र २९ गते बिर्तामोडमा हुनेछ ।

झापा जिल्ला बास्केटबल संघ र बिर्तामोड नगर खेलकुद विकास समिति आयोजक रहेको प्रतियोगितामा १६ वटा प्रतिष्ठित टोलीहरुको सहभागिता रहने बताइएको छ ।

सहभागी टिममध्ये काठमाडौँका ६ टिम, गण्डकी प्रदेशको १ टिम, सुनसरीबाट ३ टिम, मोरङ, धनकुटाबाट ११ टिम र झापाबाट ४ टिम रहेका छन् ।

विजेताले २ लाख र उपविजेताले नगद १ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार रहेको संघका अध्यक्ष प्रकाश लिङदेनले बताए ।

Adv footer