२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

हावाहुरीले केराखेतीमा ५० लाखको क्षति


बिर्तामोड, बैशाख २९ । हिजो साँझ र राति आएको हावाहुरीले झापाको बाह्रदशी–७ बत्तीसबिघा क्षेत्रमा लगाएको केरा खेतीमा ५० लाखको क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले संकलन गरेको विवरणअनुसार कनकाई र बाह्रदशीको सीमाक्षेत्र बत्तीसबिघेमा लगाइएको केरा बगानमा ५० लाख मूल्यबराबरको क्षति पुगेको हो ।

बाह्रदशी-७ को सो केरा बगानमा हिजो साँझ साढे ५ बजे पानीसँगै आएको हावाहुरीले ३४० बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको केरा खेतीमा नोक्सान पुर्‍याएको छ ।

स्थानीय १५ घरधुरीले व्यक्तिगत रुपमा अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटहरु हावाहुरीले ढालेर क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

Adv footer