२०८२ बैशाख ३० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

केर्खा खेलमैदानमा युवाको शव !


बिर्तामोड, बैशाख ३० । झापाको कमल गाउँपालिकामा रहेको खेलमैदानको चेन्जिङ रुममा आश्रय लिएर बस्दै आएका एकजना युवाको शव भेटिएको छ ।

कमल ३ केर्खामा रहेको सो खेलमैदानको चेन्जिङ रुममा आज बिहान अन्दाजी १०ः२० बजे उनको शव उत्तानो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो शव दमक-४ मंगल टोल बस्ने ३५ वर्षीय खगेन्द्र दर्जीको हो । उनको शव खेलमैदानमा रहेको मञ्चको पश्चिमतर्फको चेन्जिङ रुमभित्र भेटिएको थियो ।

मागी खाइहिँड्ने दर्जी सोही चेन्जिङ रुममा बस्ने गरेका थिए । बाहिरी चोटपटक नभएको र शंकास्पद नदेखिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनले त्यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Adv footer