२०८२ बैशाख ३० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

डान्सबारमा निगरानी बढाउने झापाका एसपी लिम्बूको दाबी


बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड लगायत सहरमा खुलेका डान्सबारमा गलत क्रियाकलाप बढ्दै गएको गुनासो बढेपछि निगरानी बडाइएको प्रहरीले जनाएको छ ।

भर्खरै जिल्ला प्रहरी कार्यालय झापाको कमान्ड सम्हाल्न चितवनबाट आइपुगेको प्रहरी उपरीक्षक राजन लिम्बूले डान्सबारमा निगरानी बढाइएको बताएका हुन् ।

बैशाख २१ गतेदेखि झापा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका लिम्बूले पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डान्सबारका कारण विभिन्न आपराधिक घटनाहरु हुन थालेपछि निगरानी बढाएको जानकारी दिए ।

डान्सबारमा समस्या छ भनेर सुनिएको बताउँदै उनले पहिलो चरणमा सम्झाइबुझाई गर्ने र त्यसपछि पनि नमानेको खण्डमा कानुनी कारबाही गर्ने जानकारी दिए ।

त्यस्तै, रातको समयमा ठुलो आवाजका साथ गीतसंगीत बजाउने र पटाका पड्काउनेलाई पनि प्रहरीले कारबाही गर्ने भएको छ ।

बिहे र सांगीतिक कार्यक्रमहरुमा ठुलो आवाजका साथ गीतसंगीत बजाउने प्रवृत्ति बढ्दै भएपछि प्रहरीले कारबाही गर्ने भएको हो ।

विद्यार्थीसँगै सबैलाई असर पर्नेगरी रातको समयमा ठुलो साउन्डमा गीत बजाउने गरेको पाइएपछि त्यसप्रति प्रहरीले निगरानी बढाएको प्रहरी उपरीक्षक लिम्बूले बताए । उनले विवाह र अन्य कार्यक्रममा पटाका पड्काउन बन्देज गरिएको जानकारी दिए ।

लिम्बूले रातिको समयमा गीत, संगीतको नाममा डिस्को, बार, डिजेबाट ठुलो आवाजमा आउने ध्वनि रोक्ने बताए । होटल, बार, डिस्को लगायतका ठाउँमा राति अबेलासम्म ठुलो ध्वनिका साथ डिजे बजाएर समाज खल्बल्याउने जो कोहीलाई नियन्त्रणमा लिने उनले बताए ।

Adv footer