२०८२ जेठ २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स दमक इस्टर्न लाइनको अध्यक्षमा भट्टराई


दमक, जेठ २ । झापाको दमकमा रहेको लायन्स क्लब दमक इस्टर्न लाइनको अध्यक्षमा औषधि व्यवसायी युवराज भट्टराई चयन भएका छन् । सन् २०२५ २६ का लागि भट्टराई अध्यक्षमा चयन भएका हुन् ।

क्लबका पूर्वअध्यक्ष बुद्धिशेखर बजगाईंका अनुसार प्रथम उपाध्यक्षमा मातृका ओझा, द्वितीय उपाध्यक्षमा धमेन्द्र दंगाल, सचिवमा विप्लव लिम्बू, कोषाध्यक्षमा अनिल श्रेष्ठ, संयुक्त सचिवमा सुमन सापकोटा र संयुक्त कोषाध्यक्षमा खेमलाल काफ्ले चयन भएका छन् ।

त्यस्तै, क्लब एडमिनिटेटर र मेम्बरसिप चेयरपर्सनमा प्रहर क्षेत्री, मार्केटिङ चेयरपर्सन रवि श्रेष्ठ, एलसिआइएफ कोअर्डिनेटर बुद्धिशेखर बजगाईं, सर्भिस चेयरपर्सन बबिन सेन्च्युरी, डाइरेक्टर उत्सव प्रसाईं र वेणु निरौला रहेका छन् ।

Adv footer