बिर्तामोड, जेठ ३ । झापा मेचीनगरका एकै परिवारका तीनजना सदस्य विषालु च्याउ खाँदा बिरामी भएर अस्पताल भर्ना भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
विषालु च्याउ खाएर बिरामी हुनेहरुमा मेचीनगर–१५ रघुवीरचोक बस्ने ७० वर्षीय भक्तबहादुर राई, उनकी श्रीमती ६५ वर्षीया चन्द्रिका राई र नातिनी ४ वर्षीया विनसी राई रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले हिजो दिउँसो १ बजेतिर घरनजिकै निन्दा खोलाको बगरमा उम्रिएको विषालु च्याउ घरमा ल्याएर पकाएर खाएका थिए ।

च्याउ खाएर बिरामी भएपछि उनीहरुलाई विर्तासिटी अस्पताल बिर्तामोड भर्ना गरिएको छ । उनीहरुको उपचार भइरहेको र उनीहरु बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ ।
