
बिर्तामोड, जेठ ५ । झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) चलाएको गाडीले मोरङमा ठक्कर दिँदा कोशी प्रदेशसभाका चारजना सदस्य घाइते भएका छन् ।


प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले चलाएको बा. ५ च ३५२० नम्बरको झापा आउँदै गरेको रातो कारले आज दिउँसो कानेपोखरीमा विराटनगर जाँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो ।


कारमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ र विद्या चाम्लिङ चढेको प्रहरीले जनाएको छ ।


घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सांसदहरुलाई चोटपटक नलागेको तर गाडीमा भने क्षति पुगेको बताइएको छ ।
सांसद चढको गाडीका चालक झापा दमक-१ का ४० वर्षीय भेषराज श्रेष्ठ रहेको मोरङ प्रहरीले जनाएको छ ।

