२०८२ जेठ ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टबाट डेढ लाखको अवैध सामान बरामद


बिर्तामोड, जेठ ७ । प्रहरीले झापाको मेचीनगर–६ काँकरभिट्टास्थित हनुमान मन्दिर आसपासबाट भन्सार छलेर नेपलातर्फ अवैध रुपमा ल्याउँदै गरेको समान बरामद गरेको जनाएको छ ।

भन्सार छलेर लुकाइछिपाई ल्याउँदै गरेको खाद्य सामग्री तथा कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

हिजो साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्की नेतृत्वको टोलीले चिनी, कोक, बिस्कुट, चक्लेट, जिरा, कुर्थासुरुवाल, साडी, निकुल थिनर, रसबरी, पूजाको कपडा, सलाई, भुजिया, पास्ता लगायत सामग्री बरामद गरेको हो ।

प्रहरीका अनुसार सो सामग्रीको मूल्य एक लाख ४२ हजार ४०० रुपैयाँ रहेको छ । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

Adv footer