२०८२ जेठ ८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

वैदेशिक रोजगार व्यवसायी संघमा १४० ले गरे रक्तदान


बिर्तामोड, जेठ ८ । वैदेशिक रोजगार व्यवसायी संघ झापाले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका छन् ।

संघले पहिलोपटक झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको हो । संघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

संघको केही दिनअघि भएको अधिवेशनबाट निर्वाचित नेतृत्वले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा १४० जनाले रक्तदान गरेका हुन् ।

संघका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी थिइन् ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख प्रसाईंले म्यानपावर व्यवसायीहरुलाई नगरमा सूचीकृत हुन आग्रह गरेकी थिइन् । उनले नगरमा सञ्चालित केही सूचीकृत भए पनि अधिकांश म्यानपावरका शाखा कार्यालयहरु सूचीकृत नभएको बताइन् ।

उनले रक्तदान कार्यक्रमले कसैलाई जीवनदान पनि हुने भएकाले म्यानपावर व्यवसायीहरुले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गरिन् ।

संघका प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, संघका निवर्तमान उपाध्यक्ष कर्ण पौडेल, टोल विकास समितिका अध्यक्ष रामबहादुर बस्नेतलगायतले संघले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव निरकुमार खत्री (निरन) ले गरेका थिए ।

Adv footer