२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

यस्तो छ आजको बिर्तामोडको तरकारीको भाउ


बिर्तामोड जेठ १४ । झापाको बिर्तामोड कृषि थोक बजारमा प्याजको भाउ सस्तो भएको छ भने टमाटर बढेको छ । आज बुधबार हटिया लाग्ने दिन प्याजको थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँमा कारोबार छ ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार नेपाली ठुलो टमाटर प्रतिकिलो ६० देखि ६५ रुपैयाँ मूल्य रहेको छ । रातो आलु प्रतिकिलो ३० रुपैयाँदेखि ३५ रुपैयाँ, भारतीय रातो आलुको ३० देखि ३२ रुपैयाँ र सेतो आलुको २६ देखि २७ रुपैयाँ रहेको समितिले बताएको छ ।

पहाडको काउली प्रतिकिलो ४० देखि ४५ रुपैयाँ, ब्रोकाउली ५० देखि ५५ रुपैयाँ, भिन्डी ३५ देखि ४० रुपैयाँ, रातो मुला २५ देखि ३० रुपैयाँ र सेतो मुलाको मूल्य प्रतिकिलो २५ देखि ३० रुपैयाँ रहेको छ ।

स्थानीय घिउ सिमीको मूल्य प्रतिकिलो ३० देखि ४० रुपैयाँ, तने बोडी ४० देखि ५० रुपैयाँ, मटरकोसा ५० देखि ५५ रुपैयाँ, घिरौला ४० देखि ४० रुपैयाँ र झिगनी ६० देखि ६५ रुपैयाँ प्रतिकिलो रहेको छ ।

त्यस्तै, बैगुन लामो र डल्लो ५० देखि ६० रुपैयाँ, करेला ३० देखि ४० रुपैयाँ, लौका ३० देखि ४० रुपैयाँ, परवल ४५ देखि ५० रुपैयाँ, चिचिन्डो ४० देखि ४५ रुपैयाँ प्रतिकिलो रहेको छ ।

Adv footer