२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

सहकारीले अचल सम्पत्ति धितोमा ७० प्रतिशतसम्म ऋण दिन पाउने


बिर्तामोड, जेठ १५ । सहकारी संस्थाले नगर तथा गाँउपालिकाभित्रको अचल सम्पत्ति धितोमा ७० प्रतिशतसम्म कर्जा प्रदान गर्न सक्ने भएका छन् । सहकारी संस्थाले घरजग्गा धितोमा दिने कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको तुलनामा धेरै हो ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सहकारी संस्थाले आफ्ना सदस्यलाई महानगर र उपमहानगरभित्रको घरजग्गा धितोमा मूल्यांकनको ६० र नगरपालिका र गाँउपालिकामा यस्तो दर ७० प्रतिशत कामय गरेको हो ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ अनुसार बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा दिने कर्जा भनेको धितो मूल्यांकनको ५० प्रतिशत मात्र तोकेको छ । तर, व्यक्तिगत तथा पहिलो घर निर्माणको सन्र्दभमा भने धेरै छ ।

Adv footer