२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

बिर्तामोडमा हात्तीले दुईवटा घर भत्कायो


बिर्तामोड, जेठ १५ । झापाको बिर्तामोडमा जंगली हात्तीले दुईवटा घरमा क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार बिर्तामोड-७ मा आज बिहान १ः३० बजे आएको हात्तीले दुईवटा घरमा क्षति पुर्‍याएको हो ।

जंगली हात्तीले बिर्तामोड-७ रेखाटोलका अमरबहादुर संग्रौलाको १ तले पक्की टिनको छानो भएको भान्सा घर पूर्ण रुपमा भत्काउँदा दुई लाख रुपैयाँको क्षति पुगेको छ ।

त्यस्तै, सीताराम टोल बस्ने तुलसीप्रसाद मैनालीको धानको भकारीबाट ३ मन धान खानुका साथै घरको एक साइडको वाल भत्काउँदा एक लाख २० हजार रुपैयाँको क्षति पुगेको छ ।

Adv footer