
बिर्तामोड, जेठ ११ । मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्तिमा दुईवटा मोटरसाइकल एक आपसमा जुध्दा तीनजना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।
दुर्घटनामा घाइते हुनेहरुमा प्रदेश १–०१–०१५ प ५०६ नम्बरको मोटरसाइकल चालक भद्रपुर–९ का ३५ वर्षीय भानु कोइराला, पछाडि बसेका मेचीनगर–१४ का ३० वर्षीय भीमबहादुर गनगाई र मे ११ प ९९६९ नम्बरको मोटरसाइकल चालक बुद्धशान्ति–३ का ३० वर्षीय मदनकुमार तामाङ छन् ।
हिजो साँझ ७ बजे बुद्धशान्ति–३ सातनम्बर चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको तामाङको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको कोइरालाको मोटरसाइकल ठक्कर खाएका थिए ।
कोइराला र गनगाईलाई उपचारको लागि बिर्तासिटी अस्पताल र तामाङलाई सिटी अस्पताल बुधबारे लगिएको छ । दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेका छन् ।