२०८२ जेठ ११ आइतबार
Jhapa Today
Adv top

एनसिडिए झापाद्वारा ट्राफिक प्रहरीलाई लापसे किट हस्तान्तरण


बिर्तामोड, जेठ ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई लागुपदार्थ सेवन (लापसे) जाँच किट हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका बीच एनसिडिए झापाले बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा ५० थान किट हस्तान्तरण गरेको अध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए ।

सार्वजनिक बस, ट्याक्सी, भेन तथा तीनचक्के साधनका चालकहरुले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाइरहेका बेला संघले किट दिएर धेरै सहयोग पुगेको झापाका ट्राफिक प्रहरी प्रमुख गणेश पौडलले बताए ।

एनसिडिए झापाले विभिन्न समयमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सेवामुलक काम गर्ने गरेको छ । सोहीअनुरुप योपटक ट्राफिक प्रहरीलाई लागुपदार्थ सेवन जाँच किट प्रदान गरिएको संघका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

एनसिडिए केन्द्रीय सदस्य कञ्चन शर्माको प्रमुख आतिथ्यतामा भएको किट हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका संस्थापक वरिष्ठ उपाध्यक्ष नरेन्द्र बराल, सदस्य याम खड्का, झापा सचिव यज्ञराज कार्की, सदस्य याम विष्ट, पूर्वउपाध्यक्ष प्रदिप खरेल लगायतको उपस्थिति रहेको थियो ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल