२०८२ जेठ २३ शुक्रबार
Jhapa Today
Adv top

तोलामा २९ सयले बढ्यो सुनको भाउ


बिर्तामोड, जेठ २० । साताको तेस्रो दिन मंगलबार सुन एकै दिन २९ सय रुपैयाँले बढेको छ। सोमबारको तुलनामा सुन तोलामा २९ सय रुपैयाँ बढ्दा चाँदीमा ५५ रुपैयाँ बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँ थियो।

यसका अलावा चाँदी आज तोलाको दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य तोलाको एक हजार नौ सय ९० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्दै आएको छ।

Adv footer