२०८३ बैशाख २४ बिहीबार
Jhapa Today
Adv top

वातावरण दिवसमा इस्ट होराइजनका विद्यार्थीको वृक्षरोपण र सरसफाइ


मेचीनगर, जेठ २३ । झापा धुलाबारीको इस्ट होराइजन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरेका छन् ।

मेचीनगरको धार्मिकस्थल पातलगंगा परिसरमा विद्यार्थीहरूले सयपत्रीको बिरुवा रोपेका हुन् । त्यस्तै, विद्यार्थीहरूले विद्यालय परिसरमा वृक्षरोपण गर्दै सरसफाइ गरेका छन् ।

विश्व वातावरण दिवसकै अवसरमा गत वर्षबाट विद्यालयका जुनियर स्काउट दल कब ब्राउनीका विद्यार्थीहरुले उक्त कार्यक्रम गर्दै आएको विद्यालयकी प्रमुख प्रशासक सावित्रा सापकोटाले बताइन् ।

प्लास्टिकरहित वातावरण आजको आवश्यकता भन्ने मुल नाराका साथ फाइन आर्टका विद्यार्थीहरुले समेत प्लास्टिकलाई कसरी सदुपयोग गरेर वातावरण प्रदूषण रोक्ने भन्ने थिम लिएर विभिन्न सन्देशमूलक सामग्रीको निर्माण गरेर विद्यालयमा प्रदर्शन गरेका थिए ।

कार्यक्रमको उद्देश्य वातावरणप्रति जनचेतना फैलाउने र सफा, हरित तथा स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने रहेको विद्यालयका प्राइमरी संयोजक विकास ग्वालले बताए ।

सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले व्यावहारिक शिक्षा दिने र सामाजिक जिम्मेवारी बोध गराउने विद्यालयले जनाएको छ ।

Adv footer