
बिर्तामोड, जेठ २३ । झापाको कनकाईमा हात्ती छेक्न लगाइएको तारबारबाट करेन्ट सर्ट भएर करेन्ट लाग्दा आठजना घाइते भएका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

करेन्ट लागेर घाइते हुनेहरुमा बस्नेतसहित अनु खड्का, सन्ध्या कार्की, सलिन कार्की, गोपाल बस्नेत, डम्बरकुमारी बस्नेत, लक्ष्मी चौहान र तुलाराम कार्की रहेका छन् ।

प्रहरीका अनुसार कनकाई-२ जामुनखाडीका फरकबहादुर बस्नेतको करेसाबारीमा लगाएको बोडी टिप्न जाँदा उनीहरुलाई करेन्ट लागेको थियो ।

आज बिहान ८ बजे उनीहरु बस्नेतको बारीमा बोडी टिप्न गएको बेला तारबारमा सर्ट भएर करेन्ट लागेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले बताए ।





