२०८२ जेठ ३१ शनिबार
Jhapa Today
Adv top

भद्रपुरमा रक्तदान: ४४ पिन्ट रगत संकलन


बिर्तामोड, जेठ ३० । झापाको भद्रपुरमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमबाट ४४ रगत संकलन भएको छ ।

चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बाका अनुसार रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति केदार महतले ८१ औँ पटक रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमको आयोजना चन्द्रगढी युथ क्लबसहित वडा प्रहरी कार्यालय भद्रपुर, सामुदायिक सेवा केन्द्र भद्रपुर, सगरमाथा सामुदायिक सिकाई केन्द्र भद्रपुरको संयुक्त आयोजनामा भएको हो ।

नेपाल रेडक्रस सोसाइटी भद्रपुरको सहकार्यमा वडा प्रहरी कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रहरी कर्मचारी र अन्य पदाधिकारीहरू समेत गरी ४४ जनाले रक्तदान गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक लोककृष्ण दाहालले जानकारी दिए ।

Adv footer