२०८२ असार २ सोमबार
Jhapa Today
Adv top

मेचीगनरमा हात्ती आक्रमणबाट श्रेष्ठ गम्भीर घाइते


मेचीनगर, असार २ । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एकजना वृद्ध गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १ डुम्जनचोकका ६० वर्षीय पूर्णकुमार श्रेष्ठ हात्तीको आक्रमणमा गम्भीर घाइते भएको हुन् ।

उनलाई आज बिहान ५ः४५ बजे हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तको आक्रमणबाट श्रेष्ठको करङ्ग भाचिँएको छ भने खुट्टाको गोलीगाँठो र मेरुदण्डको हड्डी फुटेको छ । उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

Adv footer