२०८२ असार ३ मंगलबार
Jhapa Today
Adv top

झापामा एकाबिहानै चरक्क घाम, वर्षाको सम्भावना न्यून


बिर्तामोड, असार ३ । पूर्वमा मनसुनी वायुको मात्र प्रभाव भएकाले एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापामा एकाबिहानै चरक्क पोल्ने घाम लागेको छ । आकाशमा केही बादल देखिए पनि वर्षा गराउने बादल नभएको मौसमविदहरुको भनाइ रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Adv footer