बिर्तामोड, असार ५ । झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एकजना युवा घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीको आक्रमणबाट भद्रपुर-१० फूलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् ।

हिजो साँझ अन्दाजी ७ः४५ बजे काम गरेर घर फर्कदै गरेका सोरेनलाई जंगली हात्तीले आक्रमण गरेको हो । हात्ती र सोरेनको बाटोमा जम्काभेट भएको थियो ।

उनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लागेको छ । घाइते सोरेनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
