२०८२ असार ५ बिहीबार
Jhapa Today
Adv top

दुर्घटनामा घाइते अर्जुनधाराका दर्जीको मृत्यु


बिर्तामोड, असार ५ । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट घाइते भएका एकजना पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाबाट अर्जुनधारा २ का ३६ वर्षीय लेखबहादुर दर्जीको बिएन्डसी अस्पाल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

दर्जीलाई चार दिनअघि असार १ गते राति ८ः४५ बजे अर्जुनधारा २ रातेस्थित भित्री सडकखण्डमा खुदुनाबारीबाट रातेतर्फ जाँदै गरेको मे. ४ प ७४६७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर घाइते भएका दर्जीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज बिहान ८ः१० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल र मोटरसाइकल चालक अर्जुनधारा ४ बस्ने २३ वर्षीय अंकित चौधरीलाई अस्थायी प्रहरी चौकी खुदुनाबारीले नियन्त्रणमा लिएको छ ।

Adv footer