२०८२ साउन १८ आइतबार
Jhapa Today
Adv top

हल्दिबारीमा शौचालयमा लडेर मेचेको मृत्यु


बिर्तामोड, असार ५ । झापाको हल्दिबारीमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–४ ऐनाबारीका ४९ वर्षीय अमनलाल मेचे छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान साढे ७ बजे मेचे शौचालयमा लडेको देखेपछि आफन्तजनले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएका थिए ।

अस्पतालका चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको थियो । घटनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

Adv footer