

बिर्तामोड, असार ६ । तीन दिनअघि जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका मेचीनगरका एकजना वृद्धको उपचार हुन नसकेपछि मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नम्बर १ दुर्जनचोकका ६८ वर्षीय पूर्णकुमार श्रेष्ठ रहेका छन् ।

तीन दिनसम्म बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार गरे पनि श्रेष्ठको स्वास्थ्यमा सुधार नभएपछि हिजो साँझ छोरा तेजबहादुर श्रेष्ठले घर लगेका थिए ।

श्रेष्ठको हिजो राति ८ बजे घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
हात्तको आक्रमणबाट श्रेष्ठको करङ्ग भाचिँएको थियो भने खुट्टाको गोलीगाँठो र मेरुदण्डको हड्डी फुटेको अस्पतालले जनाएको छ ।


उनलाई असार २ गते हात्तीले आक्रमण गरेको थियो । सो दिन बिहान ५ः४५ बजे श्रेष्ठले ८ सय मिटर टाढा रहेको आफ्नै बारीमा आएको जंगली हात्ती लखेट्ने हुँदा आक्रमणमा परेका थिए ।
