२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

दमकका व्यवसायी प्रसाईंले चलाएको कार दुर्घटनामा


दमक, असार ८ । दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश प्रसाईं सडक दुर्घटनामा परेका छन् । नेपाली कांग्रेस दमक नगर सभापति रहेका प्रसाईं पथरीमा दुर्घटनामा परेका हुन् ।

प्रसाईंले चलाएको कारलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे बजार सडक खण्डमा हिजो साँझ मालवहाक ट्रकले ठक्कर दिएको हो ।

ठक्करबाट कारको अगाडिको भागमा क्षति भएको बुझिएको छ । प्रहरीका अनुसार पश्चिम तर्फबाट आउँदै गरेको कारलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मालबहाक ट्रकले ठक्कर दिएको थियो ।

कारमा तीनजना सवार रहेको थिए । प्रसाईंसहित सवै सकुशल रहेको बताइएको छ । प्रसाईं दमक नगर उपप्रमुख रेगिना भट्टराईका पति हुन् ।

Adv footer