२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

झापा आउँदै गरेको मोटरसाइकल रोङमा दुर्घटना, दुईजनाको मृत्यु


बिर्तामोड, असार ८ । झापातर्फ आउँदै गरेको मोटरसाइकललाई झापाबाट इलामतर्फ गइरहेको ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बझाङको बित्छडचिर गाउँपालिका १ का अन्दाजी २६ वर्षे मदनबहादुर बोहरा र पछाडि रहेकी जाजरकोट छेडागाडा नगरपालिका ८ की अन्दाजी २३ वर्षीया सिर्जना गिरी छन् ।

मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज दिउँसो भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

झापाबाट इलामतर्फ आइरहेका प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको बा. ८९ प २२६६ नम्बरको मोटरसइकलाई ठक्कर दिएर दुर्घटना भएको हो ।

गम्भीर घाइते दुवैलाई झापाको बिएन्डसी अस्पताल ल्याइएको थियो । उपचार क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले बताए ।

ट्रक चालक पाँचथरको कुमायक गाउँपालिका ९ का अन्दाजी ३३ वर्षे नितेश बुढाथोकीलाई प्रहरी चौकी फिक्कलमा राखिएको छ ।

Adv footer