२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

झापामा सासू र सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती गर्ने तीनजना पक्राउ


बिर्तामोड, असार ९ । झापाका विभिन्न तीन पालिकाबाट प्रहरीले जबरजस्ती करणीको आरोपमा तीनजनालाई पक्राउ गरेर अनुसन्धान सुर गरेको जनाएको छ ।

पक्राउ पर्नेमा हल्दिबारी, कचनकवल र झापा गाउँपालिकाका छन् । उनीहरुले विभिन्न उमेर समूहका फरक क्षमता भएका महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

सुस्त मनस्थिति भएकी २६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी २० हप्ताको गर्भ बोकाउने हल्दिबारी २ बस्ने ७३ वर्षीय बृद्ध मेदनीप्रसाद चापागाईं पक्राउ परेका हुन् । उनले गत माघ महिनादेखि पटकपटक जबरजस्ती करणी गर्ने गरेको उजुरी परेको हो ।

त्यस्तै, एक २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कचनकवल ६ पल्लाबारी बस्ने २३ वर्षीय डिकुमार भन्ने हरदेव यादव पक्राउ परेका छन् । उनले पीडितकै घरभित्र जबरजस्ती करणी गरेको आरोप लागेको हो ।

त्यस्तै, आफ्नै ६५ वर्षीया सासूलाई जबरजस्ती करणी गरेको आरोपमा झापा गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।

Adv footer