
बिर्तामोड, असार १२ ।झापाको शिवसताक्षी नगरपालिकाको उत्तरी सिमाना मैनाचुलीमा एक बेवारिसे शव भेटिएको छ । शव जंगलको बीचमा भेटिएको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएका स्थानीयबासीले झापाको शिवसताक्षी-११ र इलाम चुलाचुलीको सिमानामा आज बिहान सो शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

शव मधेसी मुलका व्यक्तिको भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

शव कुहिन लागेको अवस्थामा रहेको जनाइएको छ । झरना खोलाको किनारमा जंगलभित्र शव भेटिएको हुँदा हत्या भएको अनुमान लगाइएको छ ।
