
बिर्तामोड, असार १६ । झापाको अर्जुनधारास्थित बिर्तामोड बसपार्कमा रहेको एक फर्निचर उद्योगमा मध्यरातमा आगलागी भएको छ ।


अर्जुनधारा–११ बसपार्क बस्ने मोतीबहादुर खड्काले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा राति १२ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

टिनको छानो, टिनको घेराबारा भएको एकतले घरमा सञ्चालन गरेको खड्का फर्निचरमा मध्यरातमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट फर्निचरमा रहेको काठ चिर्ने मेसिन र काठपातहरु पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
अस्थायी प्रहरी पोस्ट बसपार्कको प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

