
बिर्तामोड, असार १६ । २०८१ को माध्यमिक शिक्षा परीक्षामा झापाका ३१ जना विद्यार्थीहरुले ४ औसत ग्रेड अंक अर्थात जिपिए ल्याएका छन् । अघिल्लो वर्ष झापामा एकजनाले मात्र ४ जिपिए ल्याएकी थिइन् ।


यो वर्ष सामुदायिकतर्फ सबैभन्दा बढी बिर्तामोडको मोहनमाया माध्यमिक विद्यालयका चारजनाले ४ जिपिए ल्याएका छन् । संस्थागत विद्यालयतर्फ इमिनेन्ट कंचनजंघा इङिलस बोर्डिङ स्कुल गौरादहका चारजनाले पनि ४ जिपिए ल्याएका छन् ।

मोहनमायाका अनुपमा निरौला, अनुराग लुइँटेल, अश्विन लुइँटेल र एलिना तिम्सिनाले ४ जिपिए ल्याएका हुन् । त्यस्तै, इमिनेन्ट कंचनजंघाका हेमन्त राजवंशी, कुशल लिम्बू, मुना पाण्डे र रोशिका राजवंशीले ४ जिपिए ल्याएका छन् ।

त्यस्तै, वाल्मीकि एजुकेसन फाउन्डेसन बिर्तामोडका दुईजनाले ४ जिपिए ल्याएका छन् । उनीहरु अंकित कटुवाल र हृदयप्रसाद शिवाकोटी हुन् । बिर्तामोडकै अनारमनी लिबर्टी स्कुलका सरोज निरौला र सौरभ अग्रवालले पनि ४ जिपिए ल्याएका छन् ।
त्यस्तै, सिद्धार्थ बोर्डिङ दमकका अपेक्षा लुइँटेल र अर्पण ढकालले ४ जिपिए ल्याएका छन् भने माउन्ट एभरेष्ट मावि गौरादहका अर्पण रोय र जेनिस कोइरालाले ४ जिपिए ल्याएका छन् । त्यस्तै, हिमालय मावि दमकका एन्जल लुइँटेल र अवसर शर्माले ४ जिपिए ल्याएका छन् ।


त्यस्तै नमुना अंग्रेजी माध्यमिक विद्यालय गौरादहका एलिसा सापकोटा र सुमेधा कोइरालाले पनि ४ जिपिए प्राप्त गरेका छन् ।
४ जिपिए ल्याउने अन्य विद्यार्थीहरुमा महेन्द्ररत्न मावि बिर्ताबजारकी विद्या दाहाल, वीरेन्द्र मावि चन्द्रगढीका दीप मोते, प्रज्ञा एकेडेमीकी मिनुकुमारी दास कर्ण, इस्ट होराइजन मावि मेचीनगरकी अन्वेषा श्रेष्ठ छन् ।

त्यस्तै, ज्ञानोदय आवासीय मावि गौरीगञ्जकी सलिना कार्की, ज्ञानकुञ्ज एकाडेमी गौरीगञ्जका सागर राउत, मदरल्यान्ड इङिलस बोर्डिङ स्कुल दमककी नेहारिका शर्मा, नेसनल मेरीगोल्ड इङिलस बोर्डिङ स्कुल चन्द्रगढीका प्रनिल सत्याल छन् ।
त्यस्तै, झापा मोडल इङिलस सेकेन्डरी स्कुल दमकका प्रज्ज्वल पौडेल, लक्ष्मी सेकेन्डरी स्कुल अर्जुनधाराका आशुतोष ढुंगेल र पारिजात इङिलस बोर्डिङ स्कुल मेचीनगरकी नुब्सा लिम्बू रहेका छन् ।