२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

एसइइ ग्रेडेड विद्यार्थीलाई इस्ट होराइजनको बधाइ तथा सम्मान


मेचीनगर, असार १७ । अतिरिक्त क्रियाकलापसँगसँगै पढाइकमा अब्बल रहेको धुलाबारीस्थित इस्ट होराइजन माविले २०८१ को एसइइमा ग्रेडेड विद्यार्थीहरुलाई औपचारिक रुपमा बधाई तथा सम्मान गरेको छ ।

विद्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच कक्षा ११ का लागि ग्रेडेड भएका विद्यार्थीलाई शुभकामना तथा बधाई दिइएको हो । साथै, कक्षा १२ उत्तीर्ण विद्यार्थीबीच अनुभव आदनप्रदान पनि गरिएको छ ।

इस्ट होराइजनबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुले पढाइसँगै विद्यालयमा हुने अन्य प्राविधिक विषयहरुमा अध्ययन गरेर पनि जीवनमा सफल हुन सकिने बताए ।

त्यस्तै, अभिभावक, विद्यालयको वातावरण, शिक्षक र व्यवस्थापनका कारणले विद्यार्थीहरुले उचाइ हासिल गर्न सक्ने उनीहरुको भनाइय थियो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि भण्डारी, शिक्षकहरु तुलसीराम घिमिरे, ईश्वर घिमिरे, प्रेमनारायण डाँगी, पूर्वविद्यार्थीहरु प्रवेश दाहाल, उत्साह पौडेल, एसइइमा ४ जिपिए ल्याउने अन्वेषा श्रेष्ठ लगायतले आआफ्ना अनुभव सुनाएका थिए ।

इस्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राईले अध्यक्षतासहित स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।

प्रिन्सिपल राईका अनुसार विद्यालयबाट एसइइमा सहभागी १०७ जना विद्यार्थीमध्ये ३५ जना ए प्लस, ४८ जना ए, २२ जना बि प्लस र २ जना बि जिपिए ल्याउन सफल भएका छन् । मेचीनगरमा होराइजनले एसइइमा पहिलोपटक ४ जिपिए ल्याएको हो ।

Adv footer